नेलम्बो नेपालद्धारा पोखरा २० का सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

पोखरा ९ फागुन । नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडा नम्बर २० भित्र रहेको २ वटा मावि र ८ वटा आधारभुत गरी १० वटा सामुदायिक विद्यालयहरु र वडा कार्यलयलाई कोभिड १९ बाट सुरक्षित रहनका लागी स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।

नेलम्बो नेपालले सेनिटाइजर, सेनिटाइजर स्टयाण्ड, स्प्रे बोटल, थर्मल गन, डिस्पोजेवल मास्क, के एन नाइन्टीफाइभ मास्क, फेससिल्ड, सावुन लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरको हो । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङलाई हस्तान्तरण गरेका हुन ।

सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले अझैपनि कोरोनाको कहर बांकी रहेकाले त्यसबाट बच्नका लागी विशेष गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी स्वास्थ्य सामाग्रीहरु वितरण गरेको वताए । कोरोना महामारीको विचमा पनी विभिन्न समुदायहरुमा पुगी स्वास्थ्य सामाग्रीहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पोखरा २० मा दन्तशिविरको कार्यक्रम समेत आयोजना गर्ने लक्ष्य रहेकोे उनले वताए ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले नेलम्बो नेपालले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै यो कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्यमा सजग वनाउन ठूलो भुमिका खेल्ने वताए । त्यस्तै पोखरा २० का सामुदायिक विद्यालयहरुको प्रतिनिधीत्व गर्दै हिमालय मावि मौजाका प्रध्यानाध्यापक मणिराज परियारले विद्यार्थीहरुलाई लक्षित गरी नेलम्बो नेपालले स्वास्थ्य सामाग्री प्रदान गरेकोमा सम्पूर्ण विद्यालयहरुको तर्फबाट धन्यवाद ब्यक्त गरे ।

नेलम्बो नेपालले वितरण गरेको स्वास्थ्य सामाग्रीहरु श्री महेन्द्र मावि रयालेचौर, हिमालय मावि मौजा, महेन्द्र राष्ट्रिय आधारभुत विद्यालय भलामखोर, देवी आधारभुत विद्यालय भलाम डाडागाउ, विरेन्द्र आधारभुत विद्यालय भलाम तल्लो चौर, भलाम आधारभुत विद्यालय भलाम, जनचेतना आधारभुत विद्यालय पिपलडालि, ज्ञानोदय रघु आधारभुत विद्यालय मौजा, सीता आधारभुत विद्यालय आटीघर र सस्वती वीरमाया आधारभुत विद्यालय भलाम चण्डी विद्यालयहरुलाई प्रदान गरिने वडा नम्बर २० का वडा सदस्य तथा वडा शिक्षा समितिका सदस्य मोती प्रसाद पौडेलले जानकारी दिए ।

Advertisment