डा.बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं, फागुन ११ गते । पूर्व प्रधानमन्त्री एबं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्य परीक्षणका लागि आज एक दिन अस्पताल भर्ना भएका छन । भट्टराई लाई भारतको नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको जसपा केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेले जानकारी दिएका छन । उनलाई अस्पतालमा आज दिनभर राखी आवश्यक सबै परीक्षण गरिने भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट नेपालमा उपचार गराइरहेका थिए ।

यसैबिच ले फेुसबुक पेजमा यस्तो लेखेका छन ।

दिल्लीमा स्वास्थ्य परीक्षणको परामर्श विधिवत् शुरू भएको छ! धन्यवाद प्रा.डा. बिक्रम भाटिया! साथै नेपालबाट निरन्तर घच्घच्चाइरहने डा.निरज जोशीलाई पनि!
नेपालमा कमै सुनिएको दक्षिण दिल्लीको वसन्तकुन्ज स्थित Institute of Liver and Biliary Sciences (यकृत एवं पित्त विज्ञान संस्थान) सन् २००३मा मात्र स्थापना भएको दिल्ली प्रादेशिक सरकार अन्तर्गतको Superspeciality टिचिंग हस्पिटल र स्वायत्त Deemed University रहेछ।

Advertisment