संसद पुनःस्थापनाले जनताको जीत : कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा (संसद् ) पुनःस्थापन गरेपछि नेपाली कांग्रेसले जनताको जीत भएको प्रतिक्रिया दिएको छ । सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थनापन गरेलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनताको जीत भएको प्रतिक्रिया दिएका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, “न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।”

Advertisment