सरकार र नेकपा विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं, फागुन २० गते । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह ) बीच तीन बुँदे सहमति भएको छ ।
जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।
त्यस्तै सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दा खारेजी लगायतका विषय सहमतिमा समेटिएको जनाइएको छ ।

Advertisment