पत्रकार अथक मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पोखरा २३, फागुन । पोखराका चर्चित पत्रकार कमल पौडेल अथक मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । स्याङ्जाको पुतलीवजार नगरपालिका ५, पवैगौंडेमा अवस्थित शितला माविकोे ४७ औं वार्षिकोत्सवको अवसरमा शनिवार उनी सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । विद्यालयमा स्थापित मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो पुरस्कारको राशी नगद रु १० हजार, र सम्मान पत्र रहेको छ ।
पुतलीवजार नगरपालिकाका उपप्रमुख महेश पुरी, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीले माला, खादा, नगद र सम्मान पत्रले पुरस्कृत गरेका हुन् ।
विगत दुइ दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका पत्रकार अथकलाई यो वर्ष सो पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग कार्कीले जानकारी दिएका छन् ।
पुरस्कृत पत्रकार कमल पौडेल अथक रेडियो सराङ्कोटका समाचार प्रमुख, समयदृष्टि अनलाइनका सम्पादक समेत हुन् । नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य समेत रहेका अथक यसअघि दर्जनौ सम्मान तथा पुरस्कारबाट पुरस्कृत भैसकेका छन् ।
पत्रकारिता सँगै साहित्यमा समेत रुची भएका अथकले आफूले प्रकाशन गरेका गीत, गजल, उपन्यास, खण्डकाव्य र हाइकूका पुस्तकहरु विद्यालयका प्रधानाध्यापक भीमप्रसाद शर्मालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा वोल्दै पत्रकार अथकले उक्त पुरस्कारले आफूलाई पत्रकारिता क्षेत्रमा थप हौसला मिलेको वताए ।
२०६८ सालदेखि पत्रकारिता र सात्यिीक क्षेत्रका एक एक जना प्रतिभालाई वार्षिक रुपमा सो पुरस्कार वितरण गर्दै आएको ट्रष्टका संरक्षक प्रकाशजंग कार्कीले जानकारी दिएका छन् ।
सो अवसरमा साहित्य तर्फको पुरस्कार डा यामवहादुर पौडेल क्षेत्रीलाइ प्रदान गरिएको छ । सो पुरस्कारको राशी पनि नगद रु १० हजार, र सम्मान पत्र रहेको छ । कार्यक्रममा ट्रष्टद्धारा संञ्चालित विभिन्न गरी ४१ हजार वरावरको पुरस्कार प्रदान गएिको थियो ।
कार्यक्रममा क्यालिफोनिर्यामा रहेका इन्जिनियरद्धय विवेक जंग कार्की र अजय श्रेष्ठले विद्यालयलाई माष्टर प्रोजेक्ट हस्तान्तरण गरेका छन् ।
त्यस्तै इन्जिनियर विवेक जंघ कार्कीले उत्कृष्ट अंक ल्याउने विवेक रेग्मी र टीका शाहीलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरेका छन् । सो अवसरमा विद्यालयका प्रधानाध्यापक भीमप्रसाद शर्मालाई ट्रष्टले पाँचहजार राशी सहित सम्मान गरेको थियो । त्यसैगरी कलाकार तारावहादुर गुरुङलाई पनि विद्यालयले सम्मान गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पुतलीवजार नगरपालिकाका उपप्रमुख महेश पुरी, पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग काकी, प्रधानाध्यापक एवं सदस्य सचिव भीमप्रसाद शर्मा र वडाध्यक्ष रामचन्द्र रेग्मी, शिक्षक कृष्णप्रसाद लामिछाने, अप्सरा गोदार, विद्यार्थीद्धय अनिषा थापा, सन्दीप कार्की लगायतले वोलेका थिए । सो अवसरमा विद्यालयमा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिनुको साथै उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

Advertisment