खैरेनीटारमा बाटो क्रस गर्ने क्रममा सुनमाया लाई ठक्कर, बागलुङमा दुर्घटना

पोखरा । शनिबार गण्डकी प्रदेशका बिभिन्न स्थानमा सवारी दुर्घटना भएका छन । यसैबिच मिति २०७७।११।२९ गते, अन्दाजी १२: २० बजे, जिल्ला तनहुँ शुक्लागण्डकी
नगरपालिका९६ खैरेनीटार स्थित पृथ्बिराजमार्गमा पोखरा बाट दमौली तर्फ जादै
गरेको ग १४ प ४७५१ नं को मोटरसाईकलले पैदल यात्री जिल्ला तनहुँ भिमाद
नगरपालिका९५ बुडुवा बस्ने वर्ष ६० की सुन माया परियार लाई बाटो क्रस गर्ने
क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा
पठाईएको अवस्था मध्यम, मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई
घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना
मिति २०७७।११।२९ गते, अन्दाजी ११: ३० बजेको समयमा जिल्ला तनहुँ ब्यास
नगरपालिका९१ मुसेखोला स्थित पृथ्वि राजमार्गमा डुम्रे बाट दमौली तर्फ आउदै
गरेको लु १ ख ९४९९ नं को ट्रक र बिपरित दिशा तर्फ जादै गरेको ना ४९ प
९३१० नं को मोटरसाईकल एकआपसमा ठक्कर खान जाँदा मोटरसाईकल चालक
जिल्ला लम्जुङ बेशिसहर नगरपालिका९८ बस्ने वर्ष २२ को सुबेन्द्र पौडेल र पछाडी
सवार वर्ष २७ कि सुरचना पौडेल घाईते भई मणिपाल अस्पताल पोखरामा उपचार
भईरहेको, अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा
थप अनुसन्धान भईरहेको छ ।

बागलुङ सवारी दुर्घटना
मिति २०७७।११।२९ गते, १०:३० बजे, जिल्ला बागलुङ बाग्लुङ नगरपालिका ९३
गहते स्थित सिगानाबाट बागलुङ बजार तर्फ आउदै गरेका लु ४ त ७७९१ न।को को
ट्याकटर र ग४ प ९०२६ न।को मोटरसाईकल एक आपसमा ठक्कर खादा
मोटरसाईकल चालक जिल्ला बागलुङ काठेखोला गाँउपालिका९४ बस्ने वर्ष ३० को
प्रकाश पुन घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको, अवस्था
सामान्य, घटनास्थलमा प्रहरी टोलि खटि गई मोटरसाईकल, ट्याकटर र ट्याकटर
चालक नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेल
बाट जारी प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ ।

Advertisment