विद्युतिय शबदाहगृह निर्माण सुचारु गर्न तमु धिं नेपाल लगायत ४५ समाज संघ संस्थाको माग

पोखरा, ३ चैत्र ।
पोखरा महानगरपालिका वडा नं। १० रामघाटमा निर्माणाधिन पोखराका लागि अतिआवश्यक,राष्ट्रिय गौरबको आयोजना विद्युतिय शबदाहगृह निर्माण सुचारु गर्न तमु धिं नेपाल लगायत विभिन्न समाजहरुले माग गरेको छ।
रामघाटस्थित बौद्ध अर्घौ सदनले लामो समयदेखि चिता व्यवस्थापन गरी परम्परागत रुपमा शवदहन गर्दै आएकोमा स्मार्ट सिटी पोखराको अवधारणालाई आत्मसाथ गर्दै पोखराका लागि अतिआवाश्यक बिद्युतिय शबदहन गृह निर्माण योजना माग अनुसार प्राप्त विद्युतिय शबदाहगृह निर्माण परियोजना प्राप्त भई कार्य प्रारम्भसगै हाल स्थगित रहेकाले निर्माण सुचारु गर्न संघीय आयोजना कार्यान्वयन इकाई, कास्की, पोखराका आयोजना प्रमुख ईञ्जिनियर झपटबहादुर थापालाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले ज्ञापनपत्र बुझाएको हो।

तमु धिं नेपाल लगायत विभिन्न ४५ समाजहरु तथा संघ संस्थाहरुले पोखराका विकासका लागि धेरै पहल पश्चात प्राप्त बिद्युतिय शबदाहगृह निर्माण सम्पन्न गर्ने जिम्मेवार प्राप्त संघीय आयोजना कार्यान्वयन इकाई, कास्की, पोखरालाई आवाश्यक वातावरण बनाई योजना सम्पन्न गर्न माग गरेको हो। विकास सबैका लागि भएकाले विकासका लागि कोही बाधक बन्न नहुने भन्दै उक्त ज्ञापनपत्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख माननबहादुर जिसीलाई बोधार्थ बुझाएको बताइएको छ।
पोखरा महानगरपालिका वडा नं। १० रामघाटमा पोखराको लागि अतिआवश्यक विद्युतिय शबदाह गृह निर्माण पोखरा क्षेत्रकै गौरबको योजना सम्पन्न गर्न आवाश्यक वातावरण बनाउन आफुहरु पनि सरोकारवाला भएकाले सघाउन तयार रहेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो।
लामो समयदेखि सबैका लागि चिता संचालन र व्यवस्थापन गरी सेवा प्रदान गर्दै आएको रामघाटस्थित बौद्ध अर्घौ सदनले परम्परागतशैलीमा दाउराबाट शबदहन गर्दा दाउराका लागि दैनिक बन मासिदै भुक्षय पहिरोको जोखिम बढ्दै जाने, वातावरणीय प्रदुषण बढ्दै जाने, शवदहन खर्चिलोका साथै धेरै समय लाग्ने र विद्युतिय शबदाह गृह निर्माणले दाउरा कटान गर्नु नपर्ने अवस्थामा भुक्षय पहिरोको जोखिम कम हुने, दाउराले शबदहन भन्दा विद्युतिय मेशिनले शवदहन गर्दा ९६५ प्रदुषण कम हुने, कम खर्चमा कम समयमा शबदहन हुने, सम्मानपुर्वक सतगत हुने, पोखरालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने भएकाले पोखराको रामघाटमा विद्युतिय शबदाह गृह निर्माण योजना मागका साथ धेरै पहल पश्चात नेपाल सरकार शहरी बिकास मन्त्रालयले डिपिआर तयारीका साथै योजना स्विकृत गरी बजेट उपलब्ध गराएको हो।

उक्त योजना निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्की पोखरा मार्फत आवाश्यक तयारीका साथ बोलपत्र आव्हान गरी निर्माण कम्पनी सिनर्जी बिल्डर्स प्रालिले १४ करोड १३ लाख ४७ हजार ६३६ रुपैया १७ पैसामा निर्माण जिम्मा पायो।
२४ महिनामा सम्पन्न गर्ने कार्यदेशसहित २०७६ भदौ २३ गते सम्झौता भई निर्माण कार्य शुरु भएको पोखराका लागि अत्यावश्यक योजना विद्युतिय शबदाह गृह निर्माणमा केही अवरोधले निर्माण कार्य स्थगित रहेकाले सम्बन्धित पक्षले वातावरण बनाई निर्माण कार्य सुचारु गर्न, गराउन आग्रह तमु धिं लगायत समाज, संघ संस्थाहरुले आग्रह गरेको छ।

२०५६ साल असार ६ गते तत्कालिन पोखरा उपमहानगरपालिकाले विद्युतिय शवदाह गृह निर्माण गर्नकै लागि बौद्ध अर्घौ सदनलाई सदन परिसरसँगै रहेको कित्ता नं।२२०७ को १० रोपनी भोगाधिकार प्रदान गरेको जग्गामा पोखराका लागि अतिआवाश्यक विद्युतिय शबदाह गृह निर्माणका लागि वातावरण बनाई मृत्यु पश्चात सम्मानपुर्वक सतगत गर्न पाउने अधिकारसमेतलाई मनन गर्न उक्त अनुरोध पत्रमा उल्लेख छ।
विद्युतिय शबदाहगृह निर्माण सुचारु गर्न तमु धिं नेपाल लगायत ४५ समाज संघ संस्थाको माग पोखराले प्राप्त गरेको राष्ट्रिय गौरबको आयोजना वातावरण बनाई निर्माण सुचारु नगरिए पोखरेली जनता विकासका लागि आन्दोलित हुने चेतावनी समेत दिइएको थियो।
पत्र ग्रहण गर्दै आयोजना प्रमुख ईञ्जिनियर झपडबहादुर थापाले विद्युतिय शबदाहगृह निर्माणका लागि आफुले सक्दो पहल गर्दै आएको र अनुकुल वातावरणका लागि उहाँले तमु धिं लगायत सम्पुर्ण समाज, संघ संस्था, पोखरेलीलाई आग्रह गर्नुभयो।

Advertisment