मात्तृभूमीमा केही गरौं भन्ने भावना जागिरहन्छ– कमल गुरुङ

पोखरा । समाजेवी तथा व्यवसायी कमल गुरुङले आफू विदेशमा बसे पनि जन्म थलो र राष्ट्रको लागि केही गरौं भन्ने भावना सँधैभरी जागिरहने बताएका छन ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा पोखरेली मञ्च यूकेका कोषाध्यक्ष तथा तमु धिं एशोसियसन यूकेका कोषाध्यक्ष समेत रहेका गुरुङले उक्त कुरा बताएका हुन । उनले भने–“जन्म थलोमा हुने कार्यक्रममा आफ्नो पनि भावना रहिरहोस भन्नका लागि हामी विदेशमा रहेका नेपालीहरु सँधै एकजुट हुनेगरेका छन ।”
पोखरा रंगशालाको पर्खाल निर्माण लगाएत यहाँको खेलकूद तथा सामाजिक गतिविधीमा आफूहरुको पनि केही सहयोग भन्नका लागि नै सहयोगका हातहरु अघि वढिरहेको बताउँदै मञ्चले गर्ने हरेका कार्यक्रममा आफ्नो तर्फबाट सँधै सहयोग रहिरहने प्रतिवद्धता जनाए ।
१५ औं सस्करणको पोखरा म्याराथन प्रतियोगिता लगायत अन्य खेलकूद र सामाजिक कार्यक्रमका लागि यूकेबाट आएका गुरुङलाई आज मञ्चले विदाई समेत गरेको छ । मञ्चका अध्यक्ष तथा गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिव तेज गुरुङले १५ औं सस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च यूके र तमु धिं एशोसियसन यूके प्रति आभार प्रकट गर्दै म्याराथन सफल बनाउन यूकेमा रहेर भूमिका खेल्ने तथा सहयोगी मनहरुलाई आभार व्यक्त गरे ।

सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले विदेशमा रहेका नेपालीहरुको खेलकूद तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान रहेको भन्दै आभार प्रकट गरे । कार्यक्रममा मञ्चका द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, महासचिब खेम गुरुङ लगायत मञ्चका पदाधिकारी तथा सदस्यहरुले केही दिन पछि यूके फर्किन लागेक गुरुङलाई शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, समाजसेवी लालकाजी गुरुङ लगायतको सहभागिता रहेको थियो ।

Advertisment