Breaking News

काठमाडौंको आकाशमा प्रदूषण, देशभरको हवाई उडान प्रभावित

काठमाडौंको आकाशमा प्रदूषण, देशभरको हवाई उडान प्रभावित

१३ चैत, काठमाडौं । काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएको छ ।
काठमाडौं विमानस्थल कार्यालय स्रोतका अनुसार शुक्रबार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । भिजिविलिटी कम हुँदा काठमाडौं विमानस्थलकै सेवा प्रभावित हुन पुगेको कार्यालयको भनाइ छ । काठमाडौं-भरतपुर रुटमा बिहीबार समेत जहाज डिले बनेका थिए । तराईसहित विभिन्न स्थानका जंगलमा लागेको आगो र धुवाँ हावामा मिसिँदा वायुप्रदूषण बढेको छ ।

फाइल फोटो

Related posts