आदिवासी जनजाति संघ कास्कीको शुभकामना आदानप्रदान, यथास्थितिमा कुनै दल संग सहकार्य गरेर कांग्रेस सरकारमा जादैन: सहमहामन्त्री महत

भुपाल गुरुङ
पोखरा १९ चैत्त,

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले यथास्थितीमा कुनै दल संग सहकार्य गरेर सरकारमा जान नसकिने जिकिर गरेका छन् । पोखरामा नेपाल आदिवासी जनजाति संघ कास्कीले नयाँ वर्षको अवसरमार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महतले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र माधव झलनाथ पक्ष एमाले मै रहेकाले सरकार फेरबदलका लागि तत्काल कसै संग सहकार्य गर्न नसक्ने बताएका हुन् । सहमहान्त्री महतले पार्टी भित्र समावेशी निति ल्याएर आदिवासी जनजातिको उत्थानमा प्रथामिता दिएको भन्दै एकजुट भई अगामी चुनावको तयारी गर्न अनुरोध गरे ।

कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, पुर्वमन्त्री महादेव गुरुङ, कांग्रेस कास्की पुर्वसभापति सोभियत बहादुर अधिकारी, पुर्वसांसद शारदा पौडेल, प्रदेश सभा सदस्य विन्दु कुमार थापा, ललितकला गुरुङ, जनजाति संघ प्रदेश सभापति जित बहादुर गुरुङ, निति तथा प्रशिक्षण विभाग केन्द्रिय सदस्य सरस्वती गुरुङ, तरुण विभाग केन्द्रीय सदस्य दिवसमान प्रधानाङ्ग, महिला संघ केन्द्रिय सदस्य तारा अधिकारी, जनजाति संघ क्षेत्रिय सभापति चन्द्र प्रकाश थापा, नेविसंघ कास्की पुर्व सभापति विकास थापा लगायतले बोलेका थिए । नेपाल आदिवासी जनजाति संघ कास्कीका सभापति आश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा डम्बरकुमारी गुरुङ ल्वाङ, लोकुकमारी गुरुङ पोखरा, प्रजातन्त्र सेनानी टंकामान नापित, मगर संघ कास्कीका उपाध्यक्ष महाविर थापा, मादी ७ का रामसुब्बा गुरुङ रहेका छन् । सम्मानित सबैलाई सहमहामन्त्री महतले दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाति संघ कास्कीका सचिव विष्णुकुमार श्रेष्ठ गरेका थिए । कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

Advertisment