बिल गेट्स दम्पत्ती सम्बन्ध बिच्छेद गर्दै

काठमाडौं, बैशाख २१ गते । बिवाहको २७ वर्षपछि बिल र मेलिन्डा गेट्स सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । दुबैजनाले भनेका छन्, “सँगै यात्रा गर्न नसकिने विश्वासमा पुगेका छौं ।”
बीबीसीका अनुसार दुबैजनाले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो सम्बन्धबारे थुप्रै गृहकार्यपछि बैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन् । सन् १९८० को दशकमा मेलिन्डाले माइक्रोसफ्ट फर्ममा आबद्ध हुँदा पहिलो पटक बिल गेट्ससँग भेट भएको थियो । गेट्स दम्पत्तीको तीन जना छोराछोरी छन् ।
अर्बपति दम्पत्तीले संयुक्त रुपमा बिल र मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गरिरहेका छन् । उक्त फाउन्डेशनले संक्रामक रोग र बालबालिकाको खोप कार्यक्रममा अर्बौं खर्च गरेको छ । उक्त फाउन्डेशन दुबैजनाले सन् २००० मा स्थापना गरेका थिए ।
सन् १९७० मा स्थापना गरिएको माइक्रोसफ्ट फर्म बिल गेट्सको आम्दानीको प्रमुख स्रोत हो । दुबैजनाले ट्वीटरमा लेखेका छन्, “हामी फाउन्डेशनमार्फत् आफ्नो लक्ष्यलाई निरन्तरता दिन सहमत छौं तर दाम्पत्यलाई जिवनको अर्को चरणमा निरन्तरता दिन नसकिने विश्वासमा पुगेका छौं ।”
५६ वर्षीया मेलिन्डाले सन् १९९४ मा बिल गेट्ससँग बैवाहिक बन्धनमा बाँधिनुभएको थियो । ६५ वर्षीय बिल गेट्स भने गत् वर्ष माइक्रोसफ्टको सञ्चालक समितिबाट राजिनामा गर्नुभएको थियो ।

adapted – gorkhapatra online

Advertisment