मुख्यमन्त्री गुरुङ्गलाई कोरोना पुष्टि, अबिश्वास प्रस्ताव झनै अनिश्चित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई कोरोना संक्रमित पुष्टि भएको छ । मंगलवार टाउको दुखेर ज्वरो आउनथाले पछि उहाँलाई तत्काल एन्टिजेन परिक्षण गरिएको थियो । एन्टिन पोजेटिभ देखिएको पछि मुख्यमन्त्री गुरुङको स्वाव लिइएको हो ।
मंगलवार स्वाव लिएको मुख्यमन्त्री गुरुङको बुधवार पोजेटिभ रिर्पोट आएको उहाँको प्रेस संयोजक विक्रम न्यौपानेले बताउनु भयो । न्यौपानेलाइ मंगलबार पोजेटिभ देखिए पछि उहाँ होम लाइसुलेशनमा हुनुहुन्छ । प्रदेश सरकार बिरुद्ध अविश्वास प्रस्ताब पेश भइरहेका बेला मुख्यमन्त्री गुरुङलाई कोरोना देखिएपछि प्रदेश संसद बैठक र अबिश्वास प्रस्तावका बारेमा झनै अनिश्चित बनेको देखिन्छ ।

Advertisment