गण्डकीका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले दिए पद बाट राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।
हालै नियुक्ती पाउनुभई पोखरा आउनुभएका प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष गुरुङले राजीनामा बुझाउनुभएको कुरा प्रदेश प्रमुख कार्यालयका प्रवत्ता चण्डी प्रसाद ढकालले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउनुभएको हो ।
आजै नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो । नेपालको संबिधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने र संबिधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को मन्त्रिपरिषद गठनका लागी ३ दिन भित्र अर्को सरकार गठनका लागी आह्रवान् समेत गर्नुभएको उल्लेख गरिएको छ ।

मुख्यमन्त्रि गुरुङविरुद्ध गण्डकी प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि सोमबार मतदान हुने कार्यसूची रहेको थियो ।

Advertisment