प्रधानमन्त्री ओलीले बिश्वासकाे मत लिंदै, माधब नेपाल समुह अनुपस्थित

काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीलाई विश्‍वासको मत लिनका लागि डाकिएको संसद्को विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको छ। बैठकको प्रारम्भमा प्रधानमन्‍त्री ओलीले संसद्लाई सम्बोधन गर्दै विश्‍वासको मतका लागि प्रस्ताव राखिरहेका छन्। त्यसउपर संसद्‌मा छलफल हुनेछ। छलफलपछि फेरि प्रधानमन्‍त्रीले जबाफ दिनेछन्। त्यसपछि त्यो प्रस्तावउपर मतदान हुनेछ। विश्‍वासको मत पाए ओलीले निरन्तरता पाउनेछन्। तर नेता एमालेका माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित हुने निर्णय गरेकोले ओलीले विश्‍वासको मत पाउने संभावना छैन।जनता समाजवादी पार्टीको महन्थ ठाकूर र राजेन्द्र महतो समूह तटस्थ बस्‍ने निर्णय गरेको छ। उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विपक्षमा मतदान गर्ने भएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार प्रधानमन्त्रीले विश्‍वासको मत लिन १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्। नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।

अन्नपुर्णबाट

Advertisment