जनता कात्रोमा भएका बेला कसरी चुनाब ? : बिश्वप्रकाश शर्मा

काठमाण्डौ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नसकेपछि कांग्रेसले विकल्प दिन लागेको बताउनुभएकाे छ ।

नेपाल प्रेस युनियनको ३१औ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा झण्डै दुई तिहाइसहित सरकारको नेतृत्व गरेका ओलीले सरकार चलाउन नसकेपछि प्रमुख प्रतिपक्षी दलले विकल्प दिन लागेको शर्माकाे भनाइ थियो।
प्रवक्ता शर्माले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा पनि विरोध गर्नुभएकाे छ । ‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्री ओलीले रातो झण्डा बाेकेर भोट माग्न जान मिल्दैन,’प्रवक्ता शर्मा भन्नुभयाे ।
संविधानको धारा ७६ को ५ अनुसार वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएकोमा वहांले कडारुपमा विरोध गर्नुभएकाे छ । कार्यक्रम प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलकाे अध्यक्षताम सम्पन्न भएकाे थियाे ।

Advertisment