प्रधानमन्त्री ओली मन्त्रिपरिषद बिस्तारको तयारीमा, आजै मन्त्री हुनेको अनुहार यस्तो छ

काठमाडौं, जेठ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टी जसपा महन्थ ठाकुर पक्षका केही नेतालाई आज मन्त्रीको शपथ गराउने तयारी भएको स्रोतले जनाएको छ ।

साँझ ६ बजेसम्म शपथको तयारी भइरहेको र जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको हो ।
यसअघ माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेताहरुले सम्हाल्नुभएका मन्त्रालय अहिले खाली छ । उहाँहरु पदमुक्त हुनुभएपछी सबै मन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँगै राख्नुभएको छ । सोही मन्त्रालय जसपाका नेताहरुलाई जिम्मा दिएर शपथ गराउने तयारी भएको स्रोतले जानकारी दिएकोछ ।

प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका गृह मन्त्रालय बाहेक, उद्योग बाणज्य तथा आपुर्ती, उर्जा जलस्रोत तथा सिंचाई, शहरी बिकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय जसपालाई दिने बताइएकोछ ।

जसपा स्रोतले दिएको जानकारी अनुसार नयाँ मन्त्री हुनेहरुकाे लिष्ट तयार भईसकेकाे छ । जस अनुसार –
राजेन्द्र महतो -उपप्रधानमंत्री तथा सहरी विकास मन्त्रालय
शरद सिंह भण्डारी- ऊर्जा तथा जसस्रोत मन्त्रालय
अनिल झा- खानेपानी तथा सरसफाई मन्त्रालय
लक्ष्मणलाल कर्ण-भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
बिमल श्रीवास्तव – श्रम तथा रोजगार मन्त्रालय
उमाशंकर अरगरिया- वन तथा वातावरण मन्त्रालय
चन्दा चौधरी- महिला तथा बालबालिका मन्त्रालय
एकबाल मियां- युवा तथा खेलकूद मन्त्रालय
चन्द्रकान्त चौधरी -(राज्यमन्त्री, ऊर्जा)
रेणुका गुरुङ (राज्यमन्त्री, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको समाचार छ ।

Advertisment