मन्त्रिमण्डलमा हेर फेर, कानुनमन्त्री हराउने लाई गृहमन्त्री !

काठमाडौं, जेठ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा हेरफेर भएकाे हाे । याेसँगै मन्त्रिपरिषदले पूर्णता पाएकाे छ । आज विहीबार सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो । संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ राष्ट्रपति निवास शीतल निवासमा भएको छ । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो ।

आज शपथ लिनुहुने मन्त्रीहरुमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहनुभएको छ ।
नवनियुक्त गृहमन्त्री खगराज अधिकारी गत निर्बाचनमा शेर बहादुर देउवाको प्रधानमन्त्रीत्वमा रहेको चुनावी सरकारमा कानुनमन्त्री रहनुभएका कांग्रेस उम्मेदवार यज्ञ बहादुर थापा लाई पराजित गर्नुभएकको थियो । झण्डा हल्लाउंदै जनतामा मत माग्न चुनाबमा होमिनुभएका थापा लाई निक्कै ठुलो मतान्तरले पराजित गरेपछि अधिकारीलाई ओलीले राम्रै मन्त्रालय दिने चर्चा चलेको थियो । यो संगै अधिकारी लाई कानुनमन्त्री हराउने लाई गृहमन्त्री भनी आपसमा कुराकानी गरिएको छ ।
त्यसैगरि सञ्चार सूचना तथा प्रविधि, नैनकला थापा निर्वतमान गृहमन्त्री राम बहादुर थापाको धर्मपत्नी हुनुहुन्छ ।

Advertisment