गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन सकेन, कांग्रेसको सरकार बन्ने निश्चित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गरेपछि प्रदेशसभामा भर्खरै मतदान सम्पन्न भएको छ । मतदानमा हुन्छ भन्ने पक्षमा २७ र हुन्न भन्ने बिपक्षमा ३० मत परेको छ । ६० सदस्य रहेको प्रदेशसभामा
मतदानमा ५७ जना सांसदको सहभागी भएको थियो । सत्तारुढ दल एमालेका २७ सांसदले पक्षमा मतदान गरेको छ भने बिपक्षमा कांग्रेस १५, माओवादी ११ {सभामुखबाहेक}, जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसदले मुख्यमन्त्रीको बिपक्षमा अर्थात हुन्न भन्ने पक्षमा मतदान गरेको छ । जनमोर्चाले पदमुक्त गरेर फेरि सर्वोच्चबाट थमौति पाएका कृष्ण थापा भने मतदानमा तटस्थ बस्नुभएको छ भने स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित रहनुभएको छ ।
यस संगै अब बिपक्षी गठबन्धनबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमतका लागि ३१ मत चाहिन्छ । माओबादीबाट निर्बाचित सांसद नेत्रनाथ अधिकारीले सभामुख पदबाट राजिनामा गरि सरकार बनाउन मत दिने र मन्त्री दिपक मनाङले विपक्षीलाई साथ दिए संगै संविधानको धारा १६८ को ५ अनुसार कांग्रेस संंसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्ने पक्का हुने देखिएको छ ।

Advertisment