अन्नपूर्ण गाउंपालिकाकाे बजेट ७५ करोड़ २५ लाख, यि क्षेत्रमा यसरी बिनियाेजन गरियाे बजेट

गण्डकी, १० असार ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधारमा जोड दिदै ७५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखिएको बताउनुभयो । गाउँपालिकाले आव २०७८÷७९ का लागि चालुतर्फ रु ५३ करोड २० लाख ७८ हजार र पूँजीगत तर्फ २२ करोड ४ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विषयगत समिति अन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी दिँदै उहाँले पूर्वाधार विकासतर्फ रु १६ करोड ९६ लाख २२ हजार, आर्थिक विकासतर्फ ४ करोड ४ लाख, सामाजिक विकासतर्फ ४५ करोड ७३ लाख ७८ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।
त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु ६३ लाख, सुशासन तथा संस्थागत विकासमा १ करोड ८ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवालाई अवसरको रूपमा उपयोग गर्दै उनीहरूको अनुभव, सीप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागी गराई रोजगारका अवसर सिर्जना गरिने विषयलाई बजेटमा समेटिएको छ ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गर्दै कृषिको आधुनिकीकरण एवं व्यावसायीकरण गर्न प्रोत्साहित गरिने लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
बजेटमा गाउँपालिकाभित्र पूर्वाधार विकास अन्तर्गत बाटोघाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राख्नुका साथै लक्षित वर्ग तथा समुदायको हितमा केन्द्रित हुने उल्लेख गरिएकाे छ ।

Advertisment