असार २२ बाट भेरोसेल खोप लगाइने

काठमडौं, असार ११ गते । चीन सरकारले अनुदानमा दोस्रो पटक दिएको कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहलिो मात्रा लगाएकाहरुलाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने भएको छ ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारकिलाई पहलिो मात्रा खोप लगाएको थयिो । स्वास्थ्य सेवा वभिागको खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले पहलिो मात्रा लगाएका तीन लाख ७० हजार नागरकिलाई असार २२ गतेबाट दोस्रो मात्रा {बुस्टर डोज} खोप लगाइने तय भएको बताउनुभयो ।
साथै अघल्लिा खोप अभयिानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधमिा दोस्रो बुस्टर डोज लगाउन पाउने उहाँले बताउनुभयो ।
उहाँले भन्नभयो, यस अघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउनेछन् तर त्यसका पहलिो मात्रा खोप लगाएको कार्ड देखाउनु अनविार्य हुनेछ ।
पछल्लिो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरकिले भेरोसेल खोपको पहलिो मात्रा लगाएका थएि । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरकिलाई भेरोसेल खोपको पहलिो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरकिले मात्र भेरोसेल खोपको पहलिो मात्रा लगाएको उहाँले बताउनुभयो । जेष्ठ नागरिकका लागी मात्र भनिएतापनि पहुंचवालाहरुको बिगबिगी रहेको आरोप नागरिकस्तर बाट उठिरहेको छ ।

Advertisment