भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जाँदै

काठमाडौं, असार १( गते । नेपाल एयरलाइन्सको विमान असार २४ गते खोप लिन चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जान लागेको जानकारी दिनुभयो ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक पौडेलले भन्नुभयो, ‘आगामी जुलाई ८ ताारिक अर्थात् असार २४ गते चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट निर्देशन आएको छ । विमान ८ तारिकमा बेइजिङ उडाने तयारी गरिएको छ । यो पटक १० लाख खोप ल्याइने छ ।’ सरकारले चीनसँग भेरोसेल खोप खरिदको पहल गरिरहेको थियो ।

Advertisment