नेता कुँवरको निधनप्रति मुख्यमन्त्री पोखरेलद्वारा दुख व्यक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन आन्दोलनका अगुवा रामजी कुँवरको निधनप्रति दुख व्यक्त गरेका छन् । सोमबार शोक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान वरिष्ठ उपाध्यक्ष, अनन्य मित्र रामजी कुँवरको असामयिक निधनले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन् ।
उनले निधन भएका कुँवरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदका प्रतिस्पर्धी ६५ वर्षे कुँवर नेपाली लोकतान्त्रिक आन्दोलनका अथक योद्धा थिए । कोभिड संक्रमण पुष्टि भएर एक महिना पहिला उनलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारकै क्रममा २०७८ असार २१ गते उनको निधन भएको हो ।

Advertisment