देउवाद्वारा प्रधानमन्त्रीमा नियुक्ति संगै सपथ ग्रहण, पांच सदस्यीय मन्त्रिमण्डल बिस्तार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएसँगै चार नेतालाई मन्त्रीमा नियुक्त गर्नुभएकाे छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा र नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएकाे हाे ।
देउवा नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय मन्त्रिमण्डल गठन भएको छ ।
प्रधानमन्त्री देउवाले बालकृष्ण खांणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्रीमा नियुक्त गर्नुभएकाे छ ।
माओबादी बाट पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री नियुक्त हुनुभएकाे छ ।
प्रधानमन्त्री -शेर बहादुर देउवा (बांकी सबै मन्त्रालय समेत)
गृहमन्त्री -बालकृष्ण खाँण ,
अर्थमन्त्री-जनार्दन शर्मा
कानुन न्याय तथा संसदीय मामिला मन्त्री- ज्ञानेन्द्र कार्की
उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री-पम्फा भुसाल

Advertisment