हेलम्बुका बाढी पहिरोपिडितलाई एआरएनए म्याड्रिडको सहयोग

भुपाल गुरुङ
पोखरा, २ साउन,

बाढी–पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोक हेलम्बुका स्थानीयलाई राहत सामाग्री वितरण गरिएको छ । एनआरएनए म्याड्रिड स्पेनको आर्थिक सहयोगमा हेलम्बुका बाढी–पहिरो पिडित स्थानीयलाई राहत वितरण गरेको हो ।

एनआरएनए म्याड्रिड स्पेनका महिला संयोजक एवम उसु खेलाडी झरना गुरुङका अनुसार एनआरएनए म्याड्रिड स्पेनको पहलमा स्पेनमा संकलित रकमबाट हेलम्बुका ११ घरपरिवारलाई प्रतिघर ११ हजार बराबरका खाद्यान्न, लत्ताकपडा, सोलरबत्ती, त्रिपाल, स्वास्थ्य सामाग्री लगायतका सामाग्री वितरण गरिएको हो । बाढी–पहिरोका कारण हेलम्बु गाउँपालिका गाउँ विपत्तिमा परेको छ । हेलम्बुका ग्रामिण क्षेत्रमा बाढी–पहिरो पिडित परिवार समक्ष अहिले सम्म पनि राहत नपुगेको भन्ने जानकारी पाएपछि एनआरएनए म्याड्रिड स्पेनकोे टिमले संकलन गरि पठाएको रकमबाट राहत सामाग्री पठाएको गुरुङले बताउनुभयो । राहत सामाग्री वितरण गर्न उसु खेलाडीहरु सिन्धुपाल्चोकको हेलम्बु नै पुगेका थिए ।

Advertisment