गण्डकीमा मन्त्रिमण्डल बिस्तार, यि हुन मुख्यमन्त्रीका सारथि !

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमण्डलको बिस्तार गर्नुभएको छ । मन्त्रीमण्डल बिस्तार संगै नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएको छ । नवनियुक्त र यसअघि विभाग नतोकिएका मन्त्रीको कार्यविभाजन तोकी प्रदेश प्रमुख सीता कुमरी पौडेलले सदर गरिसक्नुभएको छ ।

बिस्तारित मन्त्रीपरिषदमा नेपाली कांग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री, मणिभद्र शर्मालाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, बिन्दु कुमार थापालाई कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयय र मेखलाल श्रेष्ठलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास तोकिएको छ ।

माओबादीबाट रामजी बराल अर्थ, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण, दिपक थापा वन वातावरण तथा भु संरक्षण, मधु अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जसपाका हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री तय भएका छन् । यसैगरि स्वतन्त्र सांसद राजिब गुरुङले भने यस अघि नै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । ।

Advertisment