स्याङ्जाली मन्त्री लाई कांग्रेसकाे स्वागत

पाेखरा । नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समितिको बधाई तथा सम्मान कार्यक्रम विहीबार पोखरामा सम्पन्न भएको छ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई सम्पर्क समितिको तर्फबाट अध्यक्ष पवन नेपाललगायत अन्य सदस्यहरुले दोसल्ला र मायाको चिनोले सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मन्त्री श्रेष्ठले गण्डकी प्रदेशलाई कोभिड–१९ विरुद्धको खोप प्रदेशका सबै जनतालाई लगाई पूर्ण खोपको घोषणा गर्ने अभियानमा रहेको बताउनुभयो। “गण्डकी प्रदेशका २ वटा जिल्लालाई पूर्ण खोप घोषणा गरिसकेको छ। बाँकी जिल्लामा पनि पूर्ण खोपको अभियानमा लागेको छौं, चाडौ पूरा हुन्छ” उहाँले बताउनुभयो।
आफू नेविसंघ मार्फत राजनीतिमा प्रवेश गर्दै गर्दा शिक्षामा भएका कमीकमजोरीको बारेमा जानकारी भएको बताउदै शिक्षा लाई मुख्य भागमा राखेर शिक्षा स्तरीय बनाउन र शिक्षालाई व्यवसायीक बनाउन सकिएन त्यसको औचित्य नरहने बताउनुभयो। उहाँले केन्द्र, प्रदेश र स्थानीय गरि ३ तहमा मा भएको शिक्षालाई एकरुपता ल्याउनुपर्ने आजको आवश्यक छ, भन्नुभयो।
पूर्व मन्त्री गोपाल श्रेष्ठ शिक्षा मन्त्री हुँदाबाट नै शिक्षाका चुनौती र सामानाका विषयमा गहन अध्ययन गरेको हुँदा त्यसलाई केलाएर आफूले श्रावण महिना भित्र नै शिक्षा निति घोषणा गर्ने बताउनुभयो। “मैले प्रदेशका माननीय, शिक्षाका विज्ञ र सरोकारवालाई वोलाएर छलफल गर्दैछु, २५ गते भित्र मलाई ड्राफ्ट आइसक्छ । यो महिना भित्र नै स्थानीय निकायमा भएका गल्ती र कमिकमजोरीलाई सुधारेर शिक्षा प्र्रदेश निती ल्याउनेछु”, उहाँले भन्नुभयो।
आफू नेपाली कांग्रेसको प्रतिनिधि पात्र मात्रै भएको हुँदा आफूले व्यक्तिगत स्वार्थलाई त्यागेर कांग्रेसको शिर उचो बनाउनेमा प्रण गरेको बताउनुभयो। प्रदेशका जनताले अपेक्षा गरेका कामहरुलाई एक इन्च पनि कम हुन नदिने बताउँदै उहाँले प्रदेशको विकासमा अग्रसर रहेर काम गर्ने जानकारी गराउनुभयो।
स्थानीय तहका ८५ वटैमा “उद्यमी महिला सक्षम पाइला” महिलाको लागि, “युवा स्वरोजगार” युवाहरुको लागि र “जेष्ठ नागरिक दिवा सेवाकेन्द्र स्वास्थ्य सेवा” जेष्ठ नागरिकको लागि स्थापना गर्ने आफ्नो लक्ष्य रहेकोले सबैसँग हातेमालो गरि अगाडि बढ्ने बताउँदै उहाँले प्रदेशका सम्पूर्ण नागरिकले सहयोग गर्न अनुरोध गर्नुभयो।
सधै अरुको भरमा पर्ने परिपाटीलाई कम गर्न प्रदेश सरकारले आन्तरिक राजस्व बनाउने, स्थानीय स्रोत र साधनलाई परिचालन गरेर अगाडि बढ्नुपर्ने जानकारी गराउनुभयो।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति तुलसी रेग्मी, संविधान सभा सदस्य राजु थापा, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, सुजन गहतराज, निहाक पौड्याल र विष्णु खनाल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।
नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पक समितिका सचिव धुव्र पोखरेलले सञ्चालन गरेको कार्यक्रम समितिका अध्यक्ष पवन नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने समितिका उपाध्यक्ष तिलक पौडेलले सम्पूर्ण अतिथिलाई स्वागत गर्नुभएको थियो।

Advertisment