कास्कीमा निषेधाज्ञा एक साता थपियाे, भदाै ३ बाट कास्की जिल्लाभर जाेर बिजाेर लागु

पाेखरा । कास्कीका प्रमुख जिल्ला अधिकारीले एक सुचना जारी गरि एक साताका लागि निषेधाज्ञाकाे समय थप गरेको छ ।

भदौ ३ गते बिहिबार राति १२ बजेबाट भदौ १० गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञा कास्की जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गर्न प्रमुख जिल्ला अधिकारीले आदेश गरेकाे छ ।

यस सँगै जोर बार जोर नम्बरका सवारीसाधन तथा बिजोर बार बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने भएका छन् । अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर-बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ ।

जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सेवा व्यवसायहरुमा पुन: एक साता बन्देज लगाइएको छ । विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परिक्षा सञ्चालन नगर्न भनिएको छ । मानिसहरु भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ ।

पुर्व निर्धारित बैबाहिक कार्यक्रम आफ्नै घर परिसरमा बढिमा १५ जना मात्र सामेल भइ गर्न सकिने जिल्ला प्रशासनले सुचना मार्फत जानकारी दिएकाे छ । तल दिईएकाे पुरा सुचना हेर्नुहाेला ।
प्रकाशित मिति – २०७८/०३/०२

Advertisment