४४ लाख मात्रा कोभिड १९ विरुद्धको भेरोसेल खाेप ल्याईंदै

असाेज १, काठमाडौं । नेपाल सरकारले खरीद गरेको ४४ लाख मात्रा कोभिड १९ विरुद्धको भेरोसेल खोप आज काठमाडौं आउँदैछ । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आएको थियो । बाँकि रहेको ४४ लाख डोज खोप ल्याउने भएकाे हाे ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोप आए लगत्तै प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने सरकारी तयारी छ । अब थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि ल्याउने तयारी छ ।
तस्बिर – बिजय लामा

Advertisment