रिचार्ड लेभी, रित गौतम, लोकेश बम र सुनिल धमला पोखराका गैंडा

असाेज १, पाेखरा । एभरेष्ट प्रिमियर लिगको तयारीमा रहेको पोखरा राइनोजका चार खेलाडी रिचार्ड लेभी, रित गौतम, लोकश बम र सुनिल धमलाले यसपटकको प्रतियोगितामा केहि चमत्कारी प्रदर्शन गर्ने टिम व्यवस्थापन पक्षले अपेक्षा राखेको छ । यिनिहरुको साझेदारीले टिमलाई निकै बलियो स्थितीमा पु¥याउन सक्ने आँकलन गरिएको छ ।

सन् २०१२ मा दक्षिण अफ्रिकाका लागि न्यूजिल्याण्ड विरुद्धको टी–ट्वान्टीमा अविजित १ सय १७ रन हानेर एकै खेलमा सर्वाधिक रन बनाउने क्रिस गेलको रेडकर्ड बराबरी गरेका रिचार्ड लेभी राइनोजका प्रारम्भिक दायाँ हाते ब्याट्स्म्यान हुन् । उनले हालसम्म कूल २ सय २० टी–ट्वान्टी खेल्दै १४३.७० को स्ट्राइक रेटमा ५ हजार ४ सय ६८ रन बनाएका छन् ।

लेभीलाई नेपाली घरेलु टिमका उदियमान युवा खेलाडी रित गौतमले ओपनिङ्गमा साथ दिनेछन् । सन २०१९ मा एसिसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुर विरुद्ध अविजिति १ सय १५ रन बनाएका रित गौतम तथा घरेलु प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका लोकेश बमले राइनोजको ब्याटिङ्ग थप मजबुत पारेको छ । त्यस्तै, सन २०१७ मा आइसिसी वल्र्ड क्रिकेट लिग च्यम्पियनशिपमा केन्या विरुद्धको खेलमा डेब्यु गरेका दायाँ हाते ओपनिङ ब्याट्स्म्यान तथा अफ ब्रेक बलिङ अलराउन्डर सुनिल धमलाको आगमन सँगै टिमले आक्रामक शुरुवात गर्नेछ । त्यसैले भन्न सकिन्छ–यसपटक रिचार्ड लेभी, रित गौतम, लोकेश बम र सुनिल धमला पोखराका गैडा हुन् ।
एजेन्सी

Advertisment