माछापुच्छ्रे कांग्रेसमा बीरेन्द्र गुरुङ निर्वाचित, अन्य पदाधिकारी यस्ताे छ

असाेज ६, पाेखरा । नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका समितिको सभापति वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । ९१ मत ल्याई सभापति निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मधुसूदन अधिकारीले वीरेन्द्रको भन्दा १५ मत कम ल्याएका छन ।

उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनीहरुले क्रशमः ८७ र ८८ मत ल्याए । सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल विजयी भएका छन् । सहसचिवमा महादेवी गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन् ।
सदस्यमा महिलातर्फ वडा नं १ बाट जमुना पुन, वडा नं २ बाट जमुना गुरुङ, वडा नं ३ बाट सीता भुजेल, ४ बाट पुमाकुमारी शर्मा, ५ बाट ईन्द्रकुमारी गुरुङ, ६ बाट सावित्री गौतम, ७ बाट किरण उचाई क्षेत्री, ८ बाट तारा गौतम र ९ बाट अजिता तामाङ सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै वटा १८ पदका लागि पुरुषतर्फ वडा नं १ (क) बाट ईन्द्रबहादुर गुरुङ र (ख) हुमबहादुर गुरुङ , वडा नं २ (क) बाट भिमबहादुर गुरुङ र (ख) तिलकुमारी तामाङ, वडा नं ३ (क) बाट नवीनकुमार श्रेष्ठ र (ख) भीममाया श्रेष्ठ, वडा नं ४ (क) बाट लिलाधर ढकाल र (ख) बलराम अधिकारी, वडा नं ५ (क) बाट राजुप्रसाद ढुंगाना र (ख) श्यामबहादुर गुरुङ निर्वाचित भएका छन ।
यता पाेखरा महानगरपालिका समितिकाे मतदान सम्पन्न भई गणना कास्की कांग्रेसकाे कार्यालयमा मत गणना भईरहेकाे छ । कुल १३७० मतदाता रहेकाे महानगरमा १३४४ खसेकाे छ भने २६ जना अनुपस्थित रहेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।

Advertisment