पोखरा १६ । नेपाली कांग्रेसका नेता कुलप्रसाद गुरुङलाई मातृ शोक परेको छ । गुरुङकी आमा ८८ वर्षीय कनरस्यो गुरूगंको शनिवार विहान आफ्नै निवास पोखरा जिरो कि.मी.मा निधन भएको हो ।
ने.वि संघ कास्कीका पुर्व सभापति समेत रहेका गुरूगंकी आमा लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहांको शनिवार नै पोखरामा वौद्द परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
पुर्वसभामुख एवं नेपाली कांग्रेसका पुर्वमहामन्त्री तारानाथ रानाभाट, पुर्वमन्त्रीहरू महादेव गुरूगं, यज्ञवहादुर थापा, कास्की कांग्रेस सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट, पोंखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छे सहितका नेपाली कांग्रसका नेताहरूले रामघाट वौद्द अर्घौ सदनमा पुगी समवेदना प्रकट गर्नुभएको थियो । स्वर्गीय गुरूगंका दुई छोरा र एक छोरी छन् । कान्छो छोरा कुलप्रसाद गुरूगं २०५४ सालको स्थानीय तहको निर्वाचनमा पोखरामा उपमेयरको उमेदवार हुनुहुन्थ्यो ।
लामाे समयदेखि हङकङमा रहंदै आउनुभएका गुरुङ२०४६ सालको परिवर्तनमा कास्कीमा बिधार्थी फांटबाट नेतृत्वदायी भूमिका खेल्नुभएको निकटका भानु पराजुलीले जानकारी दिनुभएकाे छ ।
कांग्रेसका नेता गुरुङलाई मातृ शोक
October 2, 2021
407
Advertisment




