फिजिकल ट्रेनिङ एशोसियसनकाे शुभकामना

असाेज २३ पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिति पोखराको आयोजनामा नेपालीहरुको महान पर्व दशै, तिहार छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा वोल्दै नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रका अध्यक्ष अधिवक्ता मिन बहादुर गुरुङले एशोसियसनले कोरोना महामारीका कारण विभिन्न सामाजिक कामहरु गर्न नसकेको वताउदै आगामी दिनमा कोरोना महामारी साम्य हुदै गए संस्थाले आगामी कार्ययोजनाहरुलाई अगाडी वढाउने वताए । अझैपनि कोरोना महामारीको संक्रमण जारी रहेकोे वताउदै सवै सदस्यहरुले सजकताका साथ चाडपर्वहरु मनाउन आग्रह समेत गरे ।

त्यस्तै समितिका संरक्षक याम गुरुङले संस्था आफैमा संगठित रहेको वताउदै कोरोनाले केही अफ्ठेरो परेतापनि आगामि दिनमा अझैपनि संगठित भएर संस्थाको हक हितका लागी आ आफ्नो ठाउबाट लागि पर्नुपर्ने वताए ।

समिति पोखरा क्षेत्रका अध्यक्ष गज बहादुर गुरुङले समितिमा आवद्ध रहेर ट्रेनिङमा सहभागीता जनाएका प्रशिक्षार्थीहरु कोही कसैलाई पनि कोरोनाले छुन नसकेको वताउदै फिजिकलनै स्वास्थ्यको लागी उचित चिज भएको पनि प्रस्ट रहेको वताउदै आगामी दिनमा पनि सजगताका साथ अगाडी वढ्नुपर्ने वताए ।

समितिका महासचिव केहरसिंङ गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्षेत्रिय समिति धरान, काठमाण्डौ, बुटवल, दाङ का प्रतिनिधीहरुको सहभागीता रहेको थियोभने प्रतिनिधीहरुले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा समितिका उपाध्यक्ष केहरसिंङ गुरुङले स्वागत मन्तब्य राखेका थिएभने सचिव जीत बहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Advertisment