देउबाकाे निर्देशन पछि बिश्वकर्मा मन्त्री नियुक्त

पोखरा । असाेज २५, गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।
तनहुंका पुराना नेता डोबाटे बिश्वकर्मा यस अघि पनि मन्त्री बन्ने चर्चा चलेकाे भएतापनि अन्तिम समयमा स्थगित भएकाे थियाे । बिश्वकर्माकाे आजै गण्डकी प्रदेश प्रमुख पृथीमान गुरुङ बाट पद तथा गाेपनियताकाे सपथ भएकाे पत्रकार शिराेमणी बरालले जानकारी दिएका छन ।
आईतबार कांग्रेस सभापति एबं प्रधानमन्त्री शेर बहादुर देउवा पाेखरा आएका बेला देउवासंग डाेबाटेले गुनासाे पाेखेपछि साेमबार बिहानै मुख्यमन्त्री र केही बरिष्ठ मन्त्री सहित राष्ट्र बैंककाे गेष्ट हाउसमा केहीबेर छलफल गरेपछि सभापति देउवाले मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेललाई डाेबाटे बिश्वकर्मालाई मन्त्रीमा नियुक्ति गर्न निर्देशन दिईएपछि डाेबाडेकाे सपथकाे बाटाे खुलेकाे स्राेतले बताएकाे छ ।

Advertisment