ढिकुरपोखरी समाज पोखराको साधारणसभा, याेगदान दिएका दर्जन बढि सम्मानित

पाेखरा । ढिकुरपोखरी समाज पोखराको १४ औ बार्षिक साधारण सभा एबम शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमकाे प्रमुख अतिथि अन्नपुर्ण गाउंपालिकाका अध्यक्ष युबराज कुंवरकाे प्रमुख आतिथ्यतमा भएकाे कार्यक्रम प्रदेश सभा सदस्य राजिब पहारी, नेपाल सरकारका सह-सचिब बिनोद बहादुर कुंवर, उप सचिब घनश्याम पौडेल, उप सचिब झलक राम सुबेदि, गा पा उपाध्यक्ष सगुन गुरुङ लगायतकाे आथित्यतामा भएकाे थियाे समाजका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षइन्द्रप्रसाद पौडेल, समाजका सल्लाहकारहरु रामचन्द्र पौडेल, आशबहादुर गुरुङ, कुलबहादुर गुरुङ कुलु, समाजका उपाध्यक्ष सोमनाथपौडेल, माछापुछ्रे माबी/ क्याम्पस पूर्व बिधार्थी मंचका अध्यक्ष गायत्री भण्डारी, लोक गायिका अम्बिका भण्डारी, मेडीप्लसका प्रमुखकार्यकारी अधिकृत गौतम पौडेल लगायतले ढिकुरपोखरीको पहिचान निर्माणमा समाजले उल्लेख्य भूमिका खेलेको स्मरण गरेका थिए ।साधारणसभामा समाजका सचिव लक्ष्मी अधिकारीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लोकनाथ भण्डारीले पेश गरेकाे आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
कार्यक्रममा समाजले स्थानीय र राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा उल्लेख्य कार्य गरी आफु जन्मिएको गाउँठाउँलाई चिनाई गौरवान्नित बनाएका विभिन्न १० जना व्यक्तित्वलाई सम्मान गरिएको समाजका सचिव लक्ष्मी अधिकारीले जानकारी दिईन । सम्मानित हुनेमानेपाल सरकारका उप–सचिव घनश्याम पौडेल, ट्रमा सेण्टरका निर्देशक डा. सन्तोष पौडेल, नेपाल सरकारका पूर्व उप–सचिव विष्णुप्रसादअधिकारी, समाजका निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी रहेका छन ।
यसै गरी सम्मानित हुनेमा स्थानीय एवं राष्ट्रिय स्तरको वक्तित्वकलामा प्रथम हुन सफल अपेक्षा अधिकारी, नेपाल रेडक्रस सोसाईटीकास्कीका देवनारायण पौडेल, अन्नपूर्ण गाउँपालिका कास्कीका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल, समाजका सल्लाहकार कृष्ण केसी, नेपाल प्रहरीका ईन्सपेक्टर विक्रम सुबेदी लगाएत रहेका थिए ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा याेगदान दिएका महानुभाव हरुलाई समाजकाे तर्फबाट सम्मान गरिएकाे थियाे । समाजमा ४ सय ३५ आजिवन सदस्य र २६ लाख रक बराबरकाे काेष रहेकाे अध्यक्ष बावुराम भण्डारीले जानकारी दिएका थिए ।

कार्यक्रममा सल्लाहकारहरु, आजिबन सदस्यहरु ,सहयोगि दाता, कलाकारहरु ,पत्रकारहरु कार्यसमितिका पदाधिकारी लगायतकाे ठुलाे संख्यामा उपस्थिति रहेकाे सचिब बावुराम भण्डारीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । फाेटाे फिचर हेर्नुहाेला ।

Advertisment