फोनिज कास्कीको अधिवेशन मंसिरमा, तयारी समिति गठन, नयाँ सदस्यता वितरण गर्ने

भुपाल गुरुङ
पोखरा २७ कार्तिक,

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।

फोनिज कास्कीको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार मंसिर २५ गते छेठौँ अधिवेशन गर्ने निर्णय गरेको हो । पोखरा नयाँबजार स्थित तमु धीं नेपालको सभाहलमा हुने अधिवेशनको तयारीका लागि मुल आयोजक समितिका साथै आवश्यक ८ वटा उपसमिति समेत गठन गरिएको जिल्ला समिति कास्कीका कार्यवाहक अध्यक्ष दिल प्रसाद गुरुङले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न कार्यवाहक अध्यक्ष दिल प्रसाद गुरुङको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।

त्यसैगरी अधिवेशनका लागि आर्थिक उपसमिति संयोजकमा उमा आले मगर, सदस्यहरुमा संम्राट गुरुङ र सुशिल श्रेष्ठ, अतिथी सत्कार उपसमिति संयोजकमा दुर्गा रानामगर र सदस्यहरुमा सुशिल ज्वारचन, बिनु थापा, मञ्च व्यवस्थापन संयोजक रमेश गुरुङ, सदस्यमा गिता राना मगर, सुशिल ज्वारचन, छवि घर्तिमगर, प्रचारप्रसार उपसमिति संयोजकमा बिनु थापा, सदस्यहरुमा उमा आलेमगर, संम्राट गुरुङ, सोनिया लामा रहेका छन् । त्यसैगरी प्रपोजल, परिपत्र लेखन तथा वितरण उपसमिति संयोजक भुपाल गुरुङ, सदस्यमा दिल प्रसाद गुरुङ, उमा आले मगर, सुशिल श्रेष्ठ, गिता राना मगर, र खाजा व्यवस्थापन संयोजकमा सुशिल श्रेष्ठ, सदस्यहरुमा विनु थापा, संम्राट गुरुङ रहेका छन् । बैठकले यहि मंसिर १ गते देखि २५ गते सम्म नयाँ सदस्यता वितरण तथा नविकरण मिति समेत तोेकेको छ । सदस्यता वितरण तथा नविकरणका लागि उपसमिति संयोजकमा सुशिल श्रेष्ठ, सदस्यमा विनु थापा, संम्राट गुरुङ, रमेश गुरुङलाई तोकेका छ । कास्कीका विभिन्न मिडियामा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुलाई समेट्ने उद्देश्यले नयाँ सदस्यता वितरण गर्ने निर्णय गरिएको फोनिज कास्कीका सचिव भुपाल गुरुङले जानकारी दिए । नयाँ सदस्य र नविकरण गर्नका लािग उपसमिति एवम फोनिज कास्कीका पदाधिकारी तथा सदस्यहरु संग सम्पर्कमा आई गर्न सकिने उनले बताए । फोनिजको विधान अनुसार नयाँ सदस्यताका लागि २ सय रुपैयाँ र नविकरणका लागि १ सय रुपैयाँ शुल्क समेत तोकेको छ । शुक्रबार बसेको बैठकले अगामी पौष २४ गते हुने प्रदेश अधिवेशन र माघ ७ र ८ गते हुने केन्द्रिय महाधिवेशन सफल बनाउन आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको जनाएको छ । बैठकले कोरोना महामारीमा आदिवासी जनजाति पत्रकारहरुलाई कोरोना बिमा गरि सहयोग गर्ने तमु धिं युके र अन्य संघसंस्था प्रति आभार प्रकट समेत गरेको छ ।

Advertisment