कांग्रेस महाधिवेशन : महादेव गुरूङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

पाेखरा । २३ मंसिर, नेपाली कांग्रेसका नेता एवं पुर्वपर्यटन राज्यमन्त्री महादेव गुरूङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हुनुभएको छ । नेपाल तरूण दलका पुर्व अध्यक्ष समेत रहनुभएका गुरूङले आज उम्मेदवार सार्वजनिक गर्नुभएको हो । कांग्रेस संस्थापक वि.पी कोईरालाका अनुयायी गुरूङले आफ्नो उम्मेदवार सार्वजनिक गर्दै नेपाली कांग्रेसलाई विपीको विचारमा ल्याउन लड्ने दावी गर्नुभयो ।
नेपाली कांग्रेसले विपीको विरासत र विचार विर्सेको प्रति संकेत गर्दै नेता गुरूङले भन्नुभयो, कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको वाटोमा ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको तर्क गर्नुभयो । भ्रष्टाचार विरोधीको छवि समेत वनाएका नेता गुरूङले कांग्रेस शु्दीकरणको अभियान पनि आफ्नो मुल मुद्दा रहेको वताउनुभयो । कास्की क्षेत्र नं ३ वाट प्रतिनिधि सभा महाअधिवेशन प्रतिनिधि निर्वाचित नेता गुरूङले ईमान्दार, निष्ठावान र दुख पाएका कार्यकर्ता संरक्षण लाग्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
नेपाल विधार्थी संघका महामन्त्री तथा जिल्ला विकास समिति कास्कीका सभापति समेत वन्नुभएका नेता गुरूङ युवाहरूवीच लोकप्रिय र विकासप्रेमी नेताको रुपमा समेत परिचित हुनुहुन्छ । कांग्रेस राजनीतमा करिव ५ दशक विताएका नेता गुरूङलाई कांग्रेसका संस्थापक वी.पी कोईरालादेखि गणेशमान, सुर्वण शम्शेर, गिरिजादेखि सुशिल मात्रै होईन अहिले कै सभापति देउवाले समेतले जुझारू संगठकका रुपमा चिन्छन् ।

Advertisment