गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको साधारण सभा

गण्डकी, ३ पुस (रासस) ः छोरी बुहारीको अध्ययनको थलोको रुपमा परिचित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ छोरेपाटनको १२ औं साधारण सभा सम्पन्न भएको छ ।
पर्यटकीय स्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरि सञ्चालनमा आएको सो क्याम्पसका बिभिन्न संकायमा अध्ययरत कूल ७७२ जना विद्यार्थी मध्ये ५०७ जना छात्रा रहेका छन् ।
गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा लगभग सभा छ करोड रुपैयाको लागतमा तीन तलाको ३५ कोठे नवनिर्मित सुविधा सम्पन्न भवनमा पठनपाठन शुरु गरेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिनुभयो ।
साधारण सभाको क्याम्पसका संस्थापक सल्लाहकार क्याप्टेन खड्गबहादुर शाहीले उद्घाटन गर्दै गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताउनुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. टंकराज अधिकारीका अनुसार क्याम्पसमा हाल वी.एड्, बी.बी.एस,एम् बी.एस्, बी.एच.एम् र बी आइ.एम्को पढाई भईरहेको छ । क्याम्पसको बिभिन्न संकायमा ६७ प्रतिशत छात्रा अध्ययनरत छन् ।
आ.व. २०७७।०७८ मा कूल आम्दानी चार करोड पाँच लाख ७६ हजार ४८३ र तीन करोड ५९ लाख ७४ हजार ५३९ खर्च भएको साधारण सभामा कोषाध्यक्ष ज्ञाज शर्माले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ६७ लाख २३ हजार ७०० शुल्क उठ्न बाँकी रहेको छ ।
कोभिड १९ को असरका कारण गुफावाट १० लाख, गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापामार्पmत संसद विकास कोषबाट छ लाख ७५ हजार २६६ अनुदान प्राप्त हुनुका साथै विश्वविद्यालय अनुदान आयोगबाट कार्यसम्पादनतर्पm रु.एक करोड ४८ लाख ७८ हजार ६३६ र नियमिततपृः रु. १३ लाख ७७ हजार ८०० अनुदान प्राप्त भएको कोषाध्यक्ष शर्माले जानकारी दिनुभयो ।
यसअघि क्याम्पसको भौतिक विकासका लागि जल्ला समन्वय समिति कास्कीको प्राविधिक एवम् भारतीय राजदूतावासको रु.चार करोड ६४ लाख, गुप्तेश्वर गुफाको रु.एक करोड १० लाख र विश्वविद्यालय अनुदान आयोगको रु.४९लाखको लागतमा निर्माण सम्पन्न भएको थियो । आवश्यकताका आधारमा अन्य संरचना थप गर्दै जाने क्याम्पस व्यवस्थापन समितिको लक्ष्य रहेको छ । सो अवसरमा लेखा समितिका संयोजक इश्वरीप्रसाद लम्सालले लेखा प्रतिवेदन तथा ज्ञात शर्माले विधान संशोधन मस्यौदा २०७८ प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रा.डा. भुपति ढकाल(कमल), पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा.डा दिलबहादुर क्षेत्री, क्याम्पस संस्थापक अध्यक्ष खगराज शर्मा आचार्य, गुफाका बरिष्ठ उपाध्यक्ष गोपाल बराल, पश्चिमान्चल इन्जिनियरिङ्ग क्याम्पस लामाचौरका प्रमुख इ.निर्मल बराल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी लगायतले शैक्षिक संस्थाको भौतिक संरचना सहित गुणस्तरीय शिक्षामा जोड दिनुभएको थियो ।

Advertisment