यातायात कार्यालय सवारी, कास्कीमा प्रविधिको प्रयोगले सुधारका सङ्केत

पुष २१, पोखरा । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीका सेवाहरु अव अनलाइन मार्फत प्रदान गरिने आवश्यक प्रक्रिया सुरु भएको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्काले कार्यालयका सम्पूर्ण फाइल र ठड्डाहरु स्क्यानिङ एण्ड डिजिटाइजेसन गर्ने ठेक्का पाएको परामर्शदाता कम्पनी सिड-राजदेवी-समृद्धी जे.भी. ले तयार पारेको मोवाइल एप र वेभसाइटको एक कार्यक्रमकावीच कार्यालयमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाइ सम्वोधन गर्दै मन्त्री खड्काले यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवामा समयानुकुल सुधार र सरलिकरण गर्ने कार्य गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको र यातायात कार्यालयहरुले दिने सेवाले गण्डकी सरकारको मूल्याङ्कन हुने भन्दै यातायातका सेवाहरु अनलाइनमार्फत गर्ने कार्यको सूरुवात कास्की वाट सुरु गर्न लागिएको भन्दै सरकारको सफलता यातायात जस्ता सेवा प्रवाह गर्ने कार्यालयहरुले जनताहरुलाई दिने सेवा मार्फत हुने भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा वोल्दै यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख डिल्लिराम रिज्यालले यातायात ब्यवस्था कार्यालय सवारी कास्कीमा सूधारको कार्यको थालनी भएको उल्लेख गर्दै कार्यालयको सेवा अव अनलाइन मार्फत गर्ने गरी कार्यको सुरुवात भएको र अव सेवाग्राहीहरुले छिट्टै नै अनलाइनमार्फत सेवा लिन सक्ने जानकारी दिए । कार्यालयमा भएका फाइल र ठड्डाको स्क्यानिङ एण्ड डिजिटाइजेसनको कार्यको वारेमा वोल्दै प्रमुख रिज्यालले पाँच चरण मघ्धे तीन चरण (हार्डवेयर, सफ्टवेयर, इस्टलेसन)का कार्य झण्डै सम्पन्न भइसकेको जानकारी दिदै बाँकी कार्यहरु अगामी जेष्ठ मसान्तसम्ममा सकिने र भइरहेको डिजिटाइजेसन प्रक्रियालाइ विस्तार गरी थप प्रविधियुक्त बनाइ अव नागरिकहरुले घरमै वसेर यातायातका सेवाहरु लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको प्रस्तुती (हालसम्मको प्रगती र आगामी कार्ययोजना) परामर्शदाता कम्पनी सिड-राजदेवी-समृद्धी जे.भी.का टिमलिडर कृष्ण कुमार देवले गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्रालयका प्रशासन तथा यातायात महाशाखा प्रमुख टीकाराम पौडेल, यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका सूचना अधिकारी लक्ष्मीभद्र वाग्ले, यातायात शाखा प्रमुख केदार सापकोटा तथा मन्त्रीज्यूका स्वकीय सचिव समिर खड्का लगायत विभिन्न कार्यालयहरुका कर्मचारीहरु तथा मिडिया कर्मीहरुको उपस्थित रहेको थियो । कार्याक्रमको सञ्चालन कार्यालयको सवारी शाखाका प्रमुख सातौ तहका अधिकृत अशोक गौतमले गरेका थिए ।

Advertisment