श्रीपन्चमीमा पोखरा – अर्मला पर्बतिय दौड हुने

पोखरा । माघ २०, संधैका बर्ष झैं यस पटक पनि पोखराको केआईसिंहपुल देखि अर्मलाको खेल मैदान सम्म करिब १२ कि.मि को पर्वतिय दौड प्रतियोगिता हुने भएको छ ।

छैठौं महिला पुरुष खुल्ला पर्बतिय दौड यहि माघ २३ गते श्रीपन्चमीको दिन बिहान ७ बजे केआईसिंहपुल बाट सुरु हुने आयोजक अर्मला कोट युवा क्लबले जानकारी दिएको छ ।

बिगत बर्षहरुमा अर्मलाबासीको दौड प्रतियोगितामा सहभागीलाई पनि छुट्टै पुरस्कारको ब्यवस्था गरिएको भएतापनि यस बर्षदेखि भने वडा नम्बर १६ का सहभागीलाई प्रोत्साहन पुरस्कार दिईने क्लबको उदेश्य रहेको छ ।

छैठौं महिला – पुरुष खुल्ला पर्बतिय दौड प्रतियोगितामा सहभागीलाई भने पुरुष तर्फ प्रथम हुनेलाई २० हजार, द्दितिय हुनेलाई १५ हजार, त्रितिय हुनेलाई १० हजार र सान्त्वना ५ हजार रहेको छ ।

त्यसैगरि महिला तर्फ प्रथम हुनेलाई १० हजार, द्दित्तिय हुनेलाई ८ हजार र त्रित्तिय हुनेलाई ५ हजार नगद दिने भएको छ ।

अर्मलाकोट गाऊंका बेलायतमा रहनुभएका महानुभावहरुले प्रायोजन गरिएको प्रतियोगितामा सहभागिताका लागि हाल सम्म करिब डेढ दर्जन प्रतियोगीहरुले नाम दर्ता गरिसकेको र यो क्रम जारी रहेको पर्बतिय दौड प्रतियोगिताका संयोजक जुम गुरुडले जानकारी दिएका छन् ।

Advertisment