प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त

२१ माघ,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन्।

प्रधानमन्त्री देउवाले उनलाई गत माघ १ मै प्रेस प्रमुखमा नियुक्त गरेका हुन्। उनी यसअघि देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको सचिवालयमा रहेर उनले लामो समयदेखि प्रेस हेर्दै आएका छन्।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारितामा तालिम प्राप्त गरेका परियार डेढ दशक देखि पत्रकारितामा क्रियाशिल छन् ।

Advertisment