गठबन्धनलाई चुनावसम्मै आवश्यक : वरिष्ठ नेता रामचन्द्र पौडेल

म उत्तर दिने ठाँउमा छैन, चुनावमा जनतामा आशा जगाउने सन्देश के हो नेताहरुले सोच्नुहोस ः वरिष्ठ नेता पौडेल
पोखरा । माघ २३,
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा कांग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र कांग्रेसलाई अन्र्तधातबाट कसरी बचाउने भन्ने बारेमा नेतृत्वले सोच्नुपर्ने बताएका छन् । पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उदघाटन गर्दै वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनपछि आफु पार्टीका उत्तर दिने ठाँउमा नभएको भन्दै पार्टीका पदाधिकारीहरुले चुनावमा जानुअघि जनतालाई आशा जगाउने सन्देश दिनेबारेमा सोच्न पर्ने बताए ।

पौडेलले भने–‘कांग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ । अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो । ती चुनावमा जनतमा कसरी आशा जगाउने यो बारेमा पदाधिकारीहरुले सोच्न जरुरी छ । म अहिले उत्तर दिने ठाँउमा छैन् । उत्तर दिने ठाँउमा भएका पार्टीका पदाधिकारी साथीहरुले जनतालाई आशा जगाउने सन्देश के दिने हो र कांग्रेसलाई अन्र्तधातबाट कसरी बचाउने हो सोच्नु होला ।’
पौडेलले पार्टी भित्रको गुटबन्दीलाई केबल महाधिवेशनमा मन लागेकोलाई जिताउ मन नलगेकोलाई हराउनमा मात्र सिमिति राख्नुपर्ने भन्दै गुटबन्दीलाई अन्र्तरघातमा पु¥याउन नहुने स्पष्ट पारे ।

वरिष्ठ नेता पौडेलले बर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताए । उनले कांग्रेससंग ३० प्रतिशत मात्र मत भएको बताउदै कांग्रेस भन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ भनि प्रश्न गरे ? उनले संविधानमा नै अनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविश्यमा सरकार बनाउने शक्तीहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए । उनले भने–‘ संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउदैन । त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसंग गठबन्धन गर्नै पर्छ । गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ ।’ पौडेलले गठबन्धन गर्न हुँदैन भन्नेहरुलाई प्रश्न गरेको–‘राष्ट्रियसभा ३ जना थिए । अहिले गठबनधन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन ?’
इतिहाँसमा रछानमा फाँकिएको तत्वहरु यो संविधानलाई गिज्याउनका थालेका बताउदै कांग्रेस र अहिले सत्तामा रहेको दलहरु यो संविधान र यो व्यवस्थाको पक्षमा चट्टान जस्तै उभिनुपर्ने पौडेलको तर्क थियो । उनले भने–‘कांग्रेस कै कतिपय साथीहरु बीपीले राजासंग घाँटी जोडिएको छ भन्नुभएको थियो । अब त त्यसै गर्ने कि भन्नुहुन्छ । त्यो होइन वीपीले राजालाई लोकतन्त्र चाहिदैनन भने हामीलाई पनि राजा चाहिदैन भन्नुभएको थियो ।’
पूर्व राजा ज्ञानेन्द्रले नेताहरुले देश बेचे भनेर भनेको प्रसंग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने–‘देश बेच्ने नेता को हो ? नेताहरु सवैलाई एउटै बाँस्केटमा हाल्नु हो । यो ग्राईन डिजाइन हो । ग्याण्ड डिजाइन बाट मुलुकलाई बचाउन प¥यो ।’ पौडेलले गिरिजाबाबुले भनेको ग्याण्ड डिजाइनको अर्थ स्पष्ट पार्दै भने–‘गिरिजाबाबु भन्नु हुन्थ्यो, पहिलो नेता सिध्याउने, त्यसपछि कांग्रेस सिध्याउने अनि प्रजातन्त्र सकेर मुलुक सक्ने ग्राईन डिजाइन छ ।’
पौडेलले मुलुकलाई असफल हुनबाट रोक्न प्रधानमन्त्री, गठबनधनका नेताहरु र प्रमुख विपक्षी दलका नेता केपी ओलीलाई समेत आफुले आग्रह गरेको बताए । उनले केपी ओलीलाई भनेको उल्लेख गर्दै भने–‘मुलुक असफता तर्फ जाँदै छ । हाम्रो पुस्ता नै असफल सावित हुँदै छ । सरकारले कानुन पास गर्न नसक्ने अवस्था आउने, संसद चल्नै नदिने र अदालत पनि उस्तै अन्यौल बनाउ हो ?’
वरिष्ठ नेता पौडेलले माधव नेपाल र प्रचण्डमा पनि भने एमसीसीका बारेमा भ्रम छरेको बताए । पौडेलले भने–‘मैले गठबन्धनको बैठकमा नै भने, एमसीसीका बारेमा आम जनतालाई कन्भिन्स गराउनुभयो । अब मलाई कन्भिन्स गराउनुस, होइन भने कार्यान्वनमा लैजाउ । मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो । ठूलो विकास आयोजना ठप्प छन् । यसले पनि मुलुक असफता तर्फ धकेलिन्छ ।’

Advertisment