वैशाख ३० गते निर्वाचन गर्ने घोषणा !

काठमाडौं । माघ २४, सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते देशैभर एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगसँग परामर्श गरेरै सरकारले वैशाख ३० गते चुनाव गर्ने मिति घोषणा गरेको बताए ।

यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय लिएको बताईन्छ ।
स्थानीय निर्वाचन लगत्तै आमनिर्वाचन पनि गर्नुपर्ने हु्दा एक्कै पटक निर्वाचन गर्दा खर्चमा मितब्यायिता अपनाउन सकिन्छ कि ! भनी प्रधानमन्त्री देउवाले गरेको परामर्शलाई निर्वाचन सार्न खोजेको भन्दै आलोचना हुन थालेपछि देउवा पछाडी हट्न बाध्य भएका हुन् । निर्वाचनका लागी करिब १२ अर्ब रुपैयां चाहिने निर्वाचन आयोगले बताएको छ ।

फाईल फोटो-

Advertisment