प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा

काठमाडौं । फागुन ५, आफ्नै गठबन्धनबाट असहयोग गर्ने अवस्था आईलागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता र गठबन्धन दलको माओबादीले सरकार छोड्ने कुरा गरेपछि ओलीसंग सहयोगको याचना सहित छलफल गर्न बालकोट जानुभएको हुनसक्ने अनुमान गरिएको छ । सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न नसकेपछि सरकारी गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका जानुभएको हो ।

यस अघि बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गर्नुभएको थियो । नेता रिजाललाई प्रधानमन्त्री देउवाले पठाउनुभएको हो वा रिजाल आफु खुशी ओली भेट्न जानुभएको हो जिज्ञासाको बिषय बनेको छ ।

Advertisment