भांडा व्याबसायीको साधारण सभा, सरकारले कर आतंङकित गरेको मुल्मीको आरोप

पोखरा , ५ चैत ।
पोखरा भांडा व्याबसायी संघ कास्कीको १५ औ साधारण सभा सम्पन्न भएको छ । संघको साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उधोग बाणिज्य सघंका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले करको नाममा सरकारले व्यावसायीहरुलाइ आतंङकित पार्ने काम गरेको आरोप लगाउनुभएको छ । सामान्य व्यावसायिक प्रबर्धनको लागी आफ्नै व्यावसाय परिषरमा राखिएको समान्य सुचना पाटीको समेत कर लिने नितिका कारण ब्यवसायीहरु दोहारो करको पेलाइमा परेको समेत उहाको भनाई थियो ।
पोखरा उधोग बाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिले कोबिडका कारण बिस्थापित भएका व्यवसायिहरुलाई पुनःस्थापित गर्नको लागी सरकारले व्यवस्थित र बिश्वासिलो निति लिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा एस ई ई र प्लस टुमा उत्कृष्ट नतिजा ल्याउन सफल व्यबसायिका ३ जना छोराछोरीहरुलाई सम्मान गरीएको थियो । साथै कार्यक्रममा वरिष्ठ तथा उत्कृष्ट भाडा व्यावसायिपुरुषेतम श्रेष्ठलाइ सम्मान गरिएको थियो ।
सस्थाले सामाजिक उतरदायित्व अन्र्तगत पोखरा वडा नं १२ स्थित सरस्वती आधारभुत बिधालयका १५३ जना बिधार्थीलाइ शैक्षिक तथा खेलकुद सामग्रीहरु बितरण गरेको थियो ।विश्वव्यापी काबिडकका कारण अस्तव्यस्त रहेको व्यावसाय र व्यावसायीलाइ आबश्यकता अनुसार कोबिड खोप र अन्य प्रर्बधनात्मक कार्यक्रम सघंले काम गरेको समेत सघंका अध्यक्ष नरेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । उहांका अनुसार पोखरा क्षेत्रमा आजिवन सदस्य ७६ जना र साधारण सदस्य १ सय ५ जना रहेका छन । सघंको साधारण सदस्यको लागी १५ सय र अजिबन सदस्यका लागी रु १० हजार तोकेको समेत कार्यक्रममा जानकारी दिइयो ।
सघंले एक बर्षमा बिभिन्न गतीबिधिका लागी ४ लाख ७६ हजार रुपैया खर्च गरेको छ भने क्यालेन्डर प्रकाशन सदस्यता शुल्क र अन्य सहयोग बाट ६ लाख ५० हजार आम्दानी गरेको सघंका कोषाध्यक्ष ओकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा सस्थापक अध्यक्ष तथा तथा वडा नं ३ का वडाध्यक्ष रबिन्द्र बहादुर प्रजु, एल पी ग्यासका सञ्चालक बालकृष्ण कोइराला, प्लास्टिक व्याबसायी सघंका अध्यक्ष श्री रामगौतम लगायतले शुभकामना मन्तब्य दिईएको कार्यक्रम सञ्चालन संस्थाका सचिव लक्ष्मि प्रसाद अधिकारीले गर्नुभएको थियो । अनिशा श्रेष्ठबाट

Advertisment