गुरुङ लामा बौद्ध धर्म समाजको कंग्युर पुजाको दोश्रो दिन डुब्सिङ रिम्पोछेद्धारा प्रवचन

पोखरा, १४ चैत्र
गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विश्वशान्तिका लागि आयोजित कांग्युर(त्रिपिटक) वाचन महापुजा अनुष्ठानको दोश्रो दिन हेम्जा गुम्बाका प्रमुख डुब्चेन रिम्पोछेले धर्मदेशना गर्नुभएको छ।
विश्वमा शान्तिको कामना एवम सन्देश फैलाउने उद्धेश्यले नेपालका सातै प्रदेशमा आयोजना गरिने कांग्युर महापुजा अन्र्तगत तमुहरुको घना बसोबास रहेको पोखराबाट प्रारम्भ गरिएको महापुजाको दोश्रो दिन धर्मदेशना अर्थात प्रवचन गर्नुहुदै रिन्पोछेले बुद्ध धर्म, कंग्युर, कंग्युर पुजा, धर्मदेशनाको महत्वका बारेमा प्रवचन दिनुभएको थियो। शान्ति,सुख, सम्वृद्धिकै लागि मानव जातिले शिल पालना गर्नुपर्ने उहाँको भनाई थियो। कंग्युर वाचनले मान्छेलाई असल मार्गमा लाग्ने र नैतिक समाज निर्माणका लागि भुमिका खेल्ने बताउनुभयो।
चैत्र १८ गतेसम्म हुने सञ्चालन हुने महापुजाको धर्मदेशनाका साथै, ग्रहशान्ति धर्मपाल(महकाल) सोल्क पुजा, दिवंगत पितृको नाममा दिप प्रज्वलन, सुर चढाउने, मोन्लम वाचन गरिएको थियो भने विभिन्न दानदाताहरुले महापुजा सम्पन्नका लागि दान प्रदान गरेका थिए। कांग्युर वाचनमा एक सय भन्दा बढी लामा गुरुहरुको सहभागिता रहेको छ।
तेश्रो दिन अर्थात चैत्र १५ गते सातौं अवतारी गुरु ताक्लुङ माटुल रिन्पोछेले प्रवचन गर्नुहुने कार्यक्रम रहेको महापुजाका प्रचार संयोजक लामा अमृत गुरुङले जानकारी दिनुभयो।
महापुजा कार्यक्रम अन्र्तगत बौद्ध गुरुहरु बज्राचार्य(दोर्जे लोपोन), बौद्धाचार्य(लोपोन), उपाध्य(खेन्पो),अवतारी(टुल्कु) रिन्पोछे गुरुहरुबाट बौद्ध दर्शनको विविध विषयमा धर्म देशना गरिने र समापनको दिन परमपुज्यनिय गुरुहरुबाट अभिषेक(वाङ) प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएकाे छ ।

Advertisment