सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

भैरहवा, चैत १९ गते ।
सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागी जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सयोजकत्वमा नेकपा माओबादी केन्द्रका जिल्ला सयोंजक नारायण जिसी, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजबादीका अध्यक्ष राजुु गुुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समीती गठन गरेको छ । उक्त समीतीले आगामी स्थानीय तहको निर्वाचनकामा जिल्लाको बस्तुु स्थीती बुुझी केन्द्रलाई सुुझाव पठाउने छ । भने जिल्लामा आवश्यक रणनीती तय गर्ने छ । सयन्त्रले आ आफ्नो पार्टीको स्थानीय तहमा बस्तुु स्तिथी बुुझी यही चैत २२ गते थप छलफल गर्ने छ ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाण, उपसभापति थानेश्वर घिमीरे, शुुसिल गुरुङ्ग, माओबादी केन्द्रका जिल्ला ईन्चार्जहकिकुल्ला खाँ, जनता समाजबादीका अध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजबादीका ईन्चार्ज सिद्धीचरण भट्टराई, माओबादी केन्द्रका सोनीया यादव, माओबादीकै केन्द्रीय सदस्य महसुद अली, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेत्र आचार्य लगायतको सहभागीता रहेको थियो ।

Advertisment