प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

चैत २० । प्रधानमन्त्री शेर बहादुर देउवा मित्र राषट्र भारतको तीनदिने औपचारिक भ्रमण सकेर आईतबार सांझ नेपाल फर्कनुभएको छ ।

आइतबार विहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवा बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गर्नुभई बनारसबाट चार बजे नयाँदिल्ली हुँदै साँझ काठमाडौं अवतरण हुनुभएको हो ।

भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली पुग्नुभएको थियो । शनिबार प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका गर्नुभएको थियो । भेटको क्रममा प्रधानमन्त्री देउवाले दुई देश बिच देखिएको सीमा समस्या समाधान दुई देशको स्थापित संयन्त्रमार्फत अघि बढाउन भारतीय प्रधानमन्त्री मोदीसँग प्रस्ताव गर्नुभएको थियो ।

Advertisment