बागलुङमा सहकारीका समस्या र समाधानमा लघु गोष्ठी

​रोहन जि.सी.​
बागलुङ, २१ चैत​
​६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना तथा बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवको समन्वयमा सहकारीको वर्तमान अवस्था, समस्या र समाधान विषयक लघु गोष्ठी सोमबार सम्पन्न भएको छ ।​
​कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले गर्नु भएको थियो । ​
​ सो अवसरमा बोल्दै उहाँले सहकारी क्षेत्रमा रहेका समस्याको पहिचान गरी समाधानका लागि सिंगो अभियान एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । ​
​ सदस्यहरुलाई समस्याका बारेमा जानकारी गराउने र उनीहरुलाई समाधानमा सहयोगी बनाउन सक्ने हो भने सहकारीमा आउन सक्ने समस्यालाई सहज रुपमा समाधान गर्न सकिनेमा उहाँको जोड थियो । ​
कार्यक्रममा सहकारीको वर्तमान अवस्था, समस्या रर समाधान विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । उहाले सहकारी क्षेत्रमा आउन सक्ने वित्तीय जोखिम न्यूनिकरणका लागि सहकारीको रकम सहकारीमै राख्ने विषयमा ध्यान दिन आग्रह गर्नु भयो । ​
कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवरले सहकारीमा हुन सक्ने जोखिमको पहिचान गरेर योजनावद्ध तरिकाले अगाडि बढ्नु पर्नेमा जोड दिनुयभो । ​
​कार्यक्रम राष्ट्रिय सहकारी बैंक बागलुङका प्रमुख युवराज त्रिपाठीको अध्यक्षता, बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपक राजभण्डारीको सञ्चालन र सचिव ताराप्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो । ​
​ कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रवन्धकहरुको सहभागिता रहेको थियो ।

Advertisment