बैंकिङ कसुर मुद्दामा फरि अर्को पक्राऊ

पोखरा, चैत २२ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार प्रेस विज्ञप्ति जारी गरि बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
गरिएको जानकारी दिएको छ ।
कास्की प्रहरीले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र रु. ७,००,०००।– नगद जरिबाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. वडा नं.९ बस्ने वर्ष ३९ को रामकृष्ण कामीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।

Advertisment