माझठाना पोखरा सम्पर्क समाजको भित्तेपात्रो लोकार्पण

गण्डकी, २३ चैत (रासस) : माझठाना पोखरा सम्पर्क समाजद्धारा प्रकाशित नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो लोकार्पण गरिएको छ ।

समाजका संरक्षक एवम् जेष्ठनागरिक गंगादेवी लामिछानेले पोखरामा आयोजित एक समारोहका बीच भित्तेपात्रो लोकार्पण गर्दै नयाँ बर्षले सवैमा सुख, शान्ति,समृद्धि, सुस्वास्थ्य र दिर्घायुको कामना गर्नुभयो ।

उर्बर भूमि माझठानको टारी, वेगनासताल लगायत सो क्षेत्रमा भए गरेका विकास निर्माण, महत्वपूर्ण प्राकृतिक सम्पदा तथा धार्मिक क्षेत्रलाई प्रकाशित भित्तेपात्रोमा समेटिएको समाजका अध्यक्ष दयाराम तिवारीले जानकारी दिनुभयो ।

प्रकाशित भित्तेपात्रोमा सौर्यस्थित मनकामना मन्दिर,किरातेश्व महादेव बसाहढुङ्ग , स्याङखुदीस्थित शिव मन्दिर, पात्ले देउराली शिव मन्दिरका तस्विर समावेश गरिनुका साथै संस्थाले एक बर्षको अवधिमा गरेका गतिविधि समेत समेटियको उहाँको भनाई छ ।

लोकार्पण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने र निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, समितिका उपाध्यक्षव्दय सारदा लामिछाने र भोलानाथ ओझा, सचिव रामकृष्ण तिवारी लगायतले समाजले सवैलाई समेट्दै माझठानाको विकास निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

हरि बास्तोला

Advertisment